सकारात्मक सोचको विकास र सही सूचनाकोलागी तपाईको भरोसा, रेडिया भरोसा
logo
Niraj Tents & Ladies Tailors

अचम्मका कुरा

१ सय १ वर्षको उमेरमा आफ्नो १७ औँ बच्चा जन्माएर सबैलाई अचम्ममा पारे



  • अचम्मका कुरा
  • 72 पटक पढिएको
भरोसा अनलाईन - हेटौंडा,२१ साउन २०७४ - आमा बन्नु कुनैपनि महिलाको लागि निकै खास हुन्छ । तर निश्चित उमेरपछि महिलाको प्रजनन क्षमतामा कमी आउँछ, जसका कारण त्यसपछि महिला चाहेर पनि आमा बन्न सक्दैनन् ।

हालै इटालीकी एकजना १ सय १ वर्षे महिलाले महिलाको प्रजनन क्षमता तथा उमेर सम्बन्धी समग्र अनुभव तथा वैज्ञानिक तथ्यहरुलाई गलत सावित गरेकी छिन् । 

उनले १ सय १ वर्षको उमेरमा आफ्नो १७ औँ बच्चा जन्माएर सबैलाई अचम्ममा पारेकी छिन् । ती महिलाले हालै ९ पाउण्ड तौलको बच्चा जन्माइन् । यति पाको उमेरमा उनले जन्माएको बच्चाको स्वास्थ्यका विषयलाई लिएर आलोचना पनि हुने गरेको छ । ती महिलाले टर्कीको एक निजि क्लिनिकमा अण्डासय प्रत्यारोपण गरेकी थिइन् । जबकी युरोपेली कानून अनुसार अण्डासय प्रत्यारोपण अवैध हो ।

अनातोलिया व्हर्टाडेला आफ्नो १७ औँ बच्चालाई इश्वरको आशिर्वाद मान्छिन् । उक्त बच्चाको नाम फ्रान्सिस्को राखिएको छ ।

१६ वटा बच्चा जन्माइसक्दा उनी ४८ वर्षकी थिइन् । त्यसबेला उनलाई डिम्बग्रन्थीको क्यान्सर भएको थियो । उक्त रोगले आफ्नो प्रजनन क्षमता नष्ट हुँदा उनलाई जिवन नै बेकार लागेको थियो । तर डिम्बासय प्रत्यारोपण पछि आमा बन्न पाउँदा उनले निकै गौरवान्वित महसूस गरिरहेकी छिन् ।






ताजा अपडेट

  • Stad Computer


  • Rije Jwelers


लोकप्रिय

अनलाईन

सम्पर्क
Ward # 4, Main Raod
Hetauda, Makwanpur.
Mobile: 9845670450
http://www.radiobharosa.com
Email: radiobharosa@gmail.com

हाम्रो टिम
Manita Rana
Manita Rana
Program Presenter/Reporter


Sandesh Thing
Sandesh Thing
Marketing Executive/Reporter


Sashant Tamang
Sashant Tamang
Maneging Director


Pramesh Pradhan
Pramesh Pradhan
Website Developer
9845028275
info@exnet.com.np
facebook.com/pramesh
Chandra Ghalan
Chandra Ghalan
Editor

love2chandra@gmail.com
facebook.com/chandra.ghalan
फेसवुक
Radio Bharosa © All Rights Reserved. 2018
Powered by:  
Top