सकारात्मक सोचको विकास र सही सूचनाकोलागी तपाईको भरोसा, रेडिया भरोसा
logo
Niraj Tents & Ladies Tailors

मनोरञ्जन

मिस नेपालले चढिन युरोपको हिमाल (भिडियो)



  • मनोरञ्जन
  • 42 पटक पढिएको
  • भरोसा अनलाईन
मकवानपुर, ९ साउन । मिस नेपाल २०१८ की विजेता श्रृङ्खला खतिवडाले नेपालको नाम विश्वसामु चिनाउने क्रममा अर्को साहासिक कार्य गरेकी छिन् ।

मिस नेपालले चढिन युरोपको हिमाल (भिडियो)

 मिस वर्ल्डमा बिउटी उईथ अ पर्पस र मल्टिमिडिया अवार्ड जितेकी श्रृङ्खलाले पश्चिम युरोपको अग्लो हिमाल मन्ट ब्लांक आरोहण गरेर नेपालको नाम उच्च पारेकी हुन् । उनले मंगलवार  फ्रान्स र इटालीबीचमा रहेको ४ हजार ८ सय १० मिटर अग्लो यो हिमालको सफल आरोहण गरेकी हुन् ।

श्रृङ्खलाले उक्त हिमाल आरोहण गरेका विषयमा ईन्ष्टाग्राममा समेत तस्बिरहरु पोष्ट गरेकी छिन् । फ्रान्सबाट प्रकाशित हुने एक पत्रिकाले समेत उनले मन्ट ब्लांक आरोहण गरेको समाचार प्रकाशन गरेको छ ।

 श्रृंखलाले मन्ट ब्लांक आरोहण गरेको पुष्टि नेपालस्थित फ्रान्सेली दूतावासले गरेको छ । नेपाल–फ्रान्स कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वर्षगाँठका अवसरमा श्रृंखला मन्ट ब्लांकको शिखरमा पुगेकी हुन् ।  श्रृङ्खलासँगै भ्लगर सिसन बानियाँ र प्रज्वल थापा मगर पनि ब्लांक हिमालको चुचुरोमा पुगेका छन् । अप्रिल २० मा नेपाल र फ्रान्सबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ७० वर्ष पूरा भएको छ । दुई देशबीचको ७० औँ वर्षगाँठ कार्यक्रमकी सद्भावना दूत पनि रहेकी श्रृङ्खला अहिले युरोप यात्रामा छिन् । उनलाई युरोप मामिला तथा परराष्ट्र मन्त्रालयका महासचिव मोरिस गुर्दो मोन्तान नेपाल आएका बेलामा २०७५ पुसमा सद्भावना दूत नियुक्त गरिएको थियो । हेर्नुहोस् भिडियो–



सम्बन्धित भिडियो




ताजा अपडेट



लोकप्रिय

अनलाईन

सम्पर्क
Ward # 4, Main Raod
Hetauda, Makwanpur.
Mobile: 9845670450
http://www.radiobharosa.com
Email: radiobharosa@gmail.com

हाम्रो टिम
Manita Rana
Manita Rana
Program Presenter/Reporter


Sandesh Thing
Sandesh Thing
Marketing Executive/Reporter


Sashant Tamang
Sashant Tamang
Maneging Director


Pramesh Pradhan
Pramesh Pradhan
Website Developer
9845028275
info@exnet.com.np
facebook.com/pramesh
Chandra Ghalan
Chandra Ghalan
Editor

love2chandra@gmail.com
facebook.com/chandra.ghalan
फेसवुक
Radio Bharosa © All Rights Reserved. 2018
Powered by:  
Top