सकारात्मक सोचको विकास र सही सूचनाकोलागी तपाईको भरोसा, रेडिया भरोसा
logo
Niraj Tents & Ladies Tailors

समाचार

तामाङ पत्रकार संघ मकवानपुरले तामाङ प्रसारण दिवसमा कार्यक्रम गर्ने



  • समाचार
  • 75 पटक पढिएको
  • भरोसा अनलाईन
  • २०७६ श्रावन २० सोमवार
मकवानपुर, २० साउन । तामाङ पत्रकार संघ मकवानपुर शाखाले आउँदो भदौ १ गते परेको २५ औँ तामाङ प्रसारण दिवसका अवसरमा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।

तामाङ पत्रकार संघ मकवानपुरले तामाङ प्रसारण दिवसमा कार्यक्रम गर्ने

 मकवानपुर शाखा अध्यक्ष चन्द्र घलानको अध्यक्षतामा आज बसेको कार्यसमिति बैठकले दिवसका अवसरमा तामाङ  घेदुङ मकवानपुर शाखा, यसका नगर तथा गाउँपालिका कमिटिका साथै मकवानपुरमा रहेका तामाङ गुठीका नेतृत्व गरिरहेका बुद्धिजीविहरुसँग अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको हो ।

रेडियो नेपालमा पहिलो पटक तामाङ भाषामा समाचार प्रसारण सुरु गरेको दिनको सम्झनामा मनाईदै आइएको तामाङ प्रसारण दिवसका अवसरमा यस अघि संघले सम्मान कार्यक्रमको आयोजना गरेको थियो । वरिष्ठ सञ्चारकर्मी पूर्णिमा गोलेलाई गत वर्ष तामाङ पत्रकारिता सम्मानबाट सम्मानित गरिएको थियो । यस वर्ष भने तामाङ बुद्धिजीवीसँग तामाङ सञ्चार र यसका प्रभाव लगायतका अन्य विषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्न लागिएको शाखाका सचिव दिलबहादुर लामाले बताए । बैठकमा कार्य समिति सदस्यहरु जयराम मोक्तान, दिपकसिंह रुम्बा, सन्देश थिङ, भुवन घलान र कुमारी तामाङले विशेष जिम्मेवारी लिँदै कार्यक्रमका लागि तयारी गर्ने जिम्मेवारी लिएका छन् । कार्यक्रम नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको सभाहलमा गरिनेछ ।

संघले आगामी दिनमा मकवानपुरका विभिन्न स्थानीय तहसँग समन्वय गरी तामाङ भाषा तथा सँस्कृतिसँग सम्बन्धित विविध कार्यक्रमहरु समेत गर्ने निर्णय गरेको छ । गाउँ गाउँमा तामाङ पत्रकारहरु उत्पादन गर्ने तथा समाचार लेखनका लागि गाउँमा नै सञ्चारकर्मीहरु उत्पादन गर्ने समेत संघले तयारी गरेको छ । यसका लागि कार्य समिति सदस्यहरुले गाउँपालिका, वडा तथा नगरसँग समन्वय गर्ने जिम्मेवारी समेत लिएका छन् ।






ताजा अपडेट

  • Stad Computer


  • Rije Jwelers


लोकप्रिय

अनलाईन

सम्पर्क
Ward # 4, Main Raod
Hetauda, Makwanpur.
Mobile: 9845670450
http://www.radiobharosa.com
Email: radiobharosa@gmail.com

हाम्रो टिम
Manita Rana
Manita Rana
Program Presenter/Reporter


Sandesh Thing
Sandesh Thing
Marketing Executive/Reporter


Sashant Tamang
Sashant Tamang
Maneging Director


Pramesh Pradhan
Pramesh Pradhan
Website Developer
9845028275
info@exnet.com.np
facebook.com/pramesh
Chandra Ghalan
Chandra Ghalan
Editor

love2chandra@gmail.com
facebook.com/chandra.ghalan
फेसवुक
Radio Bharosa © All Rights Reserved. 2018
Powered by:  
Top