सकारात्मक सोचको विकास र सही सूचनाकोलागी तपाईको भरोसा, रेडिया भरोसा
logo
Niraj Tents & Ladies Tailors

अचम्मका कुरा

प्राणी जगत चिम्पान्जीका केही आश्चर्यमय स्वभाव



  • अचम्मका कुरा
  • पटक पढिएको
  • भरोसा अनलाइन -
हेटौंडा,२१ असार २०७६ - हामी मानबले बुच्दै आएको कुरा के हो भने मानवको पुर्खा रुपमा चिम्पान्जी जातिको प्राणीलाई लिनेगरिछ ।

प्राणी जगत चिम्पान्जीका केही आश्चर्यमय स्वभाव

मानिससँग सबैभन्दा बढी समानता र मेल भएको जनावर चिम्पान्जी हो । यसमा मानवजन्य केही बढी गुणहरु रहने र व्यवहार पनि सोही खालको देखाउने गर्दछ । मानिस आफ्नै प्रजातिमाथि बढी इष्र्यालु र शासक रहन चाहन्छ । तर मानिसमा हुने उच्च चेतनाका कारण मानव समाजमा ठूलाठूला बिद्रोहहरु हुने गरेका छन् ।

यसैगरी चिम्पान्जीमा पनि आफ्नै प्रजातिमाथि दादागिरी देखाउने चलन रहेको हुन्छ । एक जना ब्रिटिश मानवशास्त्री रिचर्ड रेंघमले चिम्पान्जीले सबैभन्दा बढी आक्रामक र हिंस्रक आक्रमण आफ्नो प्रजातीलाई गर्ने गर्दछ । त्यसैले यी प्रजाति एकले अर्कालाई चुनौतीको भाषा बोल्दै लडाइँका लागि हाँक दिने र एकले अर्कालाई खोजी–खोजी युद्ध गर्ने गर्दछन् । छिमेकी जंगलमा बस्ने अन्य चिम्पान्जीका समूह खोजेर युद्ध गरी हारजितको मात्र होइन, सत्यानासको बाटोसम्म रोज्ने र त्यही तरीका अपनाउने गर्दछन्, पनि ।

चिम्पान्जीका लागि एकअर्का समूहको ज्यान लिने घटना सामान्यजस्तै हो । चिम्पान्जी सामाजिक प्रकृतिका पनि हुन्छन् । उनीहरु आफ्नो समाज र समूहमा भने एकाघर परिवार भएर बस्ने गरेका हुन्छन् । आइलागेका समस्याहरुको एकजुट भएर सामना पनि गरिरहेका हुन्छन् । चिम्पान्जीको आआफ्नो क्षेत्र वा राज्य हुन्छ । उनीहरु आफूहरुको सुरक्षाको निकै कडा ख्याल गर्दछन् । हरेक क्षण आफ्नो इलाकामा को आएको छ वा गएको छ भनेर निकै निगरानी राख्दछन् । यसका लागि उनीहरुले सीमा रेखा वा बर्डर बनाएका हुन्छन् ।

यो बर्डर इलाकामा निगरानी राख्नु र आफ्नो सुरक्षाको ग्यारन्टी गर्नु यिनीहरुको आफ्नो फौजी कामभित्र पर्दछन् । यसका लागि नै यिनीहरु प्रायः आफ्नो सीमा क्षेत्र नजिकै गएर निगरानी गर्ने गर्छन् । यसको मुख्य कारण हो, अन्य हिंस्रक जनावर त यिनीहरुको निगरानीमा पर्छन् नै, त्यस अतिरिक्त भिन्न इलाकाका चिम्पान्जी उनीहरुको इलाकामा आएका छन् कि छैनन्, त्यो अझ बढी महत्वको कुरा हुने गर्दछ । यही गतिविधिको निगरानी नै उनीहरुको सुरक्षाको मुख्य कार्य हो ।

निगरानीका क्रममा अर्को क्षेत्रका चिम्पान्जीहरु आफ्नो क्षेत्रभित्र प्रवेश गरेको पाएमा यसलाई उनीहरुको राज्य माथिको हमला ठान्दछन् । यो हमला एक साम्राज्यले अर्को साम्राज्यमाथि गरेको हमला जस्तो हुन्छ । ठूलाठूला समूहमा हुने यो लडाइँमा दल–बलको निकै प्रयोग हुन्छ । यतिबेला घना जंगलभित्रका यी भागहरु महाभारतको कौरव पाण्डवका कुरु क्षेत्रमा परिणत भएका हुन्छन् । पाण्डवले कौरव र कौरवले पाण्डव पक्षहरुको हत्या गरे झैं निकै हिंसा र रक्तपात मच्चिएको हुन्छ । लडाइँ त यति सम्म विभत्स हुन्छ कि बीसौं संख्यामा रहेका चिम्पान्जीले एउटा चिम्पान्जीको विभत्स हत्यासम्म गर्दछन् ।

यिनीहरुको आक्रमण गर्ने तरिका छापामार हुन्छ । छापामार शैलीमा यिनीहरुले आक्रमण गर्दछन् र आफूलाई पनि छापामार शैलीमा नै बचाउँछन् । लुकेर निकै तीब्र गतिमा आक्रमण गर्ने शैली र त्यही आक्रमणको शैलीद्वारा आफ्नो बचाउ गर्ने नै छापामार शैली हो । मानिसजस्तै चिम्पान्जी पनि स–साना समूहमा बस्छन् । उनीहरुको सामाजिक संरचना मानिससँग मिल्दोजुल्दो हुन्छ । एकले अर्को समूहलाई आफ्नो क्षेत्रमा प्रवेश गर्न दिदैनन् ।

वैज्ञानिकका अनुसार मानिस र चिम्पान्जीको छुट्टभिन्द भएको ६० लाख वर्ष भएको छ । यसको अर्थ हुन्छ, आजभन्दा ६० लाख वर्ष अघि चिम्पान्जी र मानिस एउटै थिए । यसले मानिस तथा चिम्पान्जीको पूर्खा एउटै भएको प्रमाणित गर्दछ । विकासक्रसँगै मानिस र चिम्पान्जीको ‘जिन’मा भिन्नता आउँदै गयो । प्रजाति विकासका क्रममा यी क्रमशः यसरी दुई अलग–अलग प्रजातिमा विभाजित हुन पुगे । मानिसको स्वभावसँग मिल्ने यी प्रजाति हिंस्रक र दयावान दुवै हुन्छन् ।

एकअर्को समूहका बीचमा लडाइँ हुनु पूर्व यिनीहरुले एकअर्काको विरुद्धमा जासुसी गर्छन् । संख्या कति छ पत्ता लगाउँछन् । लडाकू शक्ति कति छ आँकलन गर्दछन् । त्यसको सूचना आफ्नो समूहमा पुर्याउँछन् र लडाइँ को हार जितको निक्र्योल गर्दछन् । लडाइँमा आफूले जित्छु, भन्ने लागेमा विश्वासका साथ अर्को समूहमाथि आक्रमण गर्दछन् । अनुसन्धानले त यतिसम्म पनि खुलासा गरेको छ कि आफूभन्दा बलियो प्रतिद्वन्द्वी भएमा उनीहरु सम्भावित युद्धबाट पन्छिने र भाग्ने गर्दछन् । कहिलेकाहीं चिम्पान्जी मूर्ख भएको पनि देखिन्छ । स्वभावैले झगडालु हुने भएकाले चिम्पान्जी एक्लै पनि लडेको भने देखिन्छ ।

चिम्पान्जी कहिलेकाही जित वा हारको अन्दाज नगरी एकापसमा लड्छन् । यसो हुनुमा यिनीहरुमा मानिसको जस्तो मस्तिष्क विकास नहुनाले हो भनी वैज्ञानिकहरुले आँकलन गर्ने गरेका छन् । चम्पान्जीमा भएको न्यून चेतनाकै कारण अनावश्यक लडाइँगरी क्षति बेहोरिरहेका हुन्छन् । वैज्ञानिकहरुले तुलनात्मक रुपमा मानिसको हिंस्रक व्यवहारमा कमी आउँदै गरेको बताएका छन् । तर पनि शान्तिका नाममा मानिस सबैभन्दा बढी लडेको इतिहास साक्षी छ ।

पहिलेको तुलनामा मानव अधिकारका कुरा उठाउने मानिस कुनै बेला चिम्पान्जी भन्दा पनि बढी क्रुर र हिंस्रक हुने गरेको छ । हाल विश्वको विभिन्न भेगमा हिंसाको घटना बृद्धि भएको छ । पूर्खा पनि एकै भएको र स्वभाव पनि एकै भएकाले चिम्पान्जीको व्यवहार मानिसको भन्दा खासै भिन्न देखिदैन

अनलाइन सभार 






सम्बन्धित शिर्षक समाचारहरु


प्राणी जगत चिम्पान्जीका केही आश्चर्यमय स्वभाव - 2019-07-06

हेटौंडा,२१ असार २०७६ - हामी मानबले बुच्दै आएको कुरा के हो भने मानवको पुर्खा रुपमा चिम्पान्जी जातिको प्राणीलाई लिनेगरिछ ।

कहिल्यै पनि नमर्ने जीव ! - 2017-08-12

भरोसा अनलाईन - हेटौंडा,२८ साउन २०७४ - आठवटा खुट्टा भएको सुक्ष्म जीव टार्डिग्रेड्सको वंशाणु (जिन) को अध्ययनपश्चात उसको असाधारण क्षमताको पहिचान भएको छ । एक मिलिमिटर वा त्योभन्दा पनि सानो आकारको यो जीव विकिरणयुक्त क्षेत्र, अत्यधिक चिसो ठाउँ, खतरनाक सुख्खा ठाउँमा मात्र होइन, अन्तरीक्षणमा समेत बाँच्न सक्दछ भनिन्छ ।

व्यवसायिक पुरुषहरु भाडामा पाइने,प्रतिघन्टा एक हजार शुल्क चार्ज लिने गरिने - 2017-08-11

भरोसा अनलाईन - हेटौंडा,२७ साउन २०७४ - उनी न त कुनै डाक्टर हुन्, न त कुनै परामर्शदाता । तर उनले प्रति घण्टाको करीब एक हजार रुपैयाँ बराबरको शुल्क लिन्छन् । अनि महिलाहरु उनलाई घरमै बोलाएर उक्त शुल्क तिरेर भरपूर प्राप्त गर्दछन् ।

१ सय १ वर्षको उमेरमा आफ्नो १७ औँ बच्चा जन्माएर सबैलाई अचम्ममा पारे - 2017-08-05

भरोसा अनलाईन - हेटौंडा,२१ साउन २०७४ - आमा बन्नु कुनैपनि महिलाको लागि निकै खास हुन्छ । तर निश्चित उमेरपछि महिलाको प्रजनन क्षमतामा कमी आउँछ, जसका कारण त्यसपछि महिला चाहेर पनि आमा बन्न सक्दैनन् ।

घुम फिर गर्ने चाहानाले गर्दा जागिर परी त्याग गरे - 2017-07-17

भरोसा अनलाईन - २ साउन २०७४ - भेनेजुएलाको राजधानी कारकासमा विपक्षीहरुले गरेको ‘जनमत संग्रह’मा भोट हाल्न लाइनमा बसेकी एक महिलाको हत्या भएको छ । मृतक ६१ वर्षीय एक नर्स हुन् । उनलाई मोटरसाइकलमा आएको समूहले गोली हानेको थियो । घटनामा थप ३ जना घाइते भएको बीबीसीले जनाएको छ ।

बेलायतमा एउटा स्कुलले कुकुरलाई कर्मचारीको रुपमा भर्ना - 2017-07-06

भरोसा अनलाईन - २२ असार २०७४ - बेलायतमा एउटा स्कुलले कुकुरलाई कर्मचारीको रुपमा भर्ना ग्ारेको छ । शोला नामको उक्त कुकुरले फूल टाइम जब पाएको हो । उक्त कर्मचारी कुकुर हरेक बिहान स्टाफ बैठकमा सहभागी हुन्छ र त्यसपछि विद्यार्थीहरुसँग भेटघाट गर्दछ ।

बेहुलाको हाटबजारमा जहाँ बिक्री गरिन्छ - 2017-06-30

भरोसा अनलाईन - १६ असार २०७४ - भनिन्छ मान्छेको जोडी माथिबाटै बनेर आएको हुन्छ । तर कहिलेकाहीँ जिवनसाथीको खोजी गर्न अलिक बढि नै मेहेनत गर्नुपर्दछ । कुनै ठाउँमा चाहीँ बेहुलाको किनबेच नै हुँदोरहेछ । छिमेकी देश भारतको बिहारमा बेहुलाको हाटबजार लाग्दछ ।

एक दिनमै पार्‍यो ३६ वटा अण्डा पार्ने चमत्कारी कुखुरा - 2017-06-15

भरोसा अनलाईन - १ असार २०७४ - एक दिनमै पार्‍यो ३६ वटा अण्डा दिने कुखुरा भन्ने बितिकै तपाईंलाई अनौठो लग्न सक्छ । तर यहाँ यही नै भएको एउटा पोथी कुखुराले २४ घण्टामा ३६ वटा अण्डा पारेको छ । भारतमा एउटा कुखुराले साँच्चीकै यस किसिमको चमत्कार गरिदिएको छ ।

चन्द्रमामा अब सन्तान उत्पादन गर्न सक्ने - 2017-06-02

भरोसा अनलाईन १९ जेठ २०७४ - विज्ञान जगतमा हरेक दिन नयाँ नयाँ खोज अनुसन्धान भैरहन्छन् । यसपटक वैज्ञानिकहरुले यस्तो आविष्कार गरेका छन् की जसका बारेमा सुन्दैमा तपाइँ आश्चर्यमा पर्नुहुनेछ । यहाँ पृथ्वीमै बाँच्न मुस्किल भैरहेको छ अनेक कारणले गर्दा ।

भियतनामको मानिसहरु सुँगुरको ताजा रगत खान्छन - 2017-05-28

भरोसा अनलाईन १४ जेठ २०७४ - भियतनाममा सुँगुरको ताजा रगतलाई मानिसहरु स्वादिष्ट भोजनको रुपमा लिन्छन् । तर मस्तिष्क ज्वरो अर्थात् मेनेन्जाइटिसका विरामीहरुको बढ्दो संख्यासँगै डाक्टरहरुले सुँगुरको ताजा रगत नखान चेतावनी दिइरहेका छन् ।

परेवा लागुऔषध तस्करीमा पक्राउ - 2017-05-28

भरोसा अनलाईन १४ जेठ २०७४ - परापूर्व कालमा परेवाले चिठी तथा सन्देश आदान प्रदान गर्ने काम गर्दथ्यो । तर अब चाहीँ परेवालाई लागु औषध तस्करीमा प्रयोग गर्न थालिएको छ । लागु औषधसहित एक परेवा रंगेहात पक्राउ परेपछि यसको खुलासा भएको हो ।

ताजा अपडेट

  • Stad Computer


  • Rije Jwelers


लोकप्रिय

अनलाईन

सम्पर्क
Ward # 4, Main Raod
Hetauda, Makwanpur.
Mobile: 9845670450
http://www.radiobharosa.com
Email: radiobharosa@gmail.com

हाम्रो टिम
Manita Rana
Manita Rana
Program Presenter/Reporter


Sandesh Thing
Sandesh Thing
Marketing Executive/Reporter


Sashant Tamang
Sashant Tamang
Maneging Director


Pramesh Pradhan
Pramesh Pradhan
Website Developer
9845028275
info@exnet.com.np
facebook.com/pramesh
Chandra Ghalan
Chandra Ghalan
Editor

love2chandra@gmail.com
facebook.com/chandra.ghalan
फेसवुक
Radio Bharosa © All Rights Reserved. 2018
Powered by:  
Top