सकारात्मक सोचको विकास र सही सूचनाकोलागी तपाईको भरोसा, रेडिया भरोसा
logo
Niraj Tents & Ladies Tailors

प्रवास

अम्बे टापुमा ज्वालामुखी विष्फोटका कारण त्यहाँका बासिन्दा विस्थापित



  • प्रवास
  • पटक पढिएको
भरोसा अनलाईन - १२ अशोज २०७४ - प्रशान्त महासागरको टापु देश भानुआटुमा ज्वालामुखीका कारण ११ हजार मानिसलाई अन्यत्र सारिएको छ । अम्बे टापुमा ज्वालामुखी विष्फोटका कारण त्यहाँका बासिन्दा विस्थापित भएका हुन् ।

अम्बे टापुमा ज्वालामुखी विष्फोटका कारण त्यहाँका बासिन्दा विस्थापित

‘मनरो भोइ’ नाम दिइएको ज्वालामुखी गत सप्ताहन्तमै विष्फोट हुन थालेको थियो । प्राकृतिक विनास अझ बढ्ने देखेपछि सरकारले स्थानीय बासिन्दालाई सुरक्षित स्थलतर्फ सारेको हो । अधिकारीहरुका अनुसार आगामी शुक्रबारसम्ममा सबै जना सुरक्षित स्थलमा पुगिसक्ने छन् । यस टापु मुलुकमा संकटकालीन अवस्था लागु गरिएको पहिलो पटक हो ।

ज्वालामुखीबाट भूगर्भमा रहेका खरानी र लाभा निरन्तर निस्किइरहेका छन् । त्यसका कारण उठेको धुवाँले पुरै टापु कुइरीमण्डल बनेको छ । चारैतर्फ एसिडको वर्षाझैं वातावरण छ । राष्ट्रिय विपत व्यवस्थापन एजेन्सीका निर्देशक सद्राक वेलेटेबिटका अनुसार ज्वालामुखी विष्फोट छिमेकी टापु पेन्टेकोस्टमा त्यहाँका बासिन्दालाई सारिएको छ ।

यसअघि पनि ज्वालामुखी विष्फोटका कारण पाँच हजार जना विस्थापित भएका थिए । त्यस क्षेत्रमा हजारौं ज्वालामुखी छन् भने नियमितजस्तो भूकम्पको धक्का महशुस हुन्छ ।






सम्बन्धित शिर्षक समाचारहरु


अम्बे टापुमा ज्वालामुखी विष्फोटका कारण त्यहाँका बासिन्दा विस्थापित - 2017-09-28

भरोसा अनलाईन - १२ अशोज २०७४ - प्रशान्त महासागरको टापु देश भानुआटुमा ज्वालामुखीका कारण ११ हजार मानिसलाई अन्यत्र सारिएको छ । अम्बे टापुमा ज्वालामुखी विष्फोटका कारण त्यहाँका बासिन्दा विस्थापित भएका हुन् ।

मलेसियाको एक विद्यालयमा आगलागी हुँदा २४ जनाको मृत्यु - 2017-09-14

भरोसा अनलाईन - २९ भदौ २०७४ - मलेसियाको राजधानी क्वालालम्पुरमा रहेको एक विद्यालयमा आगलागी हुँदा कम्तिमा २४ जनाको ज्यान गएको छ । क्वालालम्पुरमा रहेको एक धार्मिक विद्यालयमा आगलागी हुँदा विद्यार्थी र शिक्षक गरी २४ जनाको ज्यान गएको बिबिसीले जनाएको छ ।

उत्तर कोरियाले हाइड्रोजन बमको सफल परीक्षण गरेको दाबी - 2017-09-03

भरोसा अनलाईन - १८ भदौ २०७४ - उत्तर कोरियाले हाइड्रोजन बमको सफल परीक्षण गरेको दाबी गरेको छ । उत्तर कोरियाको राष्ट्रिय टेलिभिजनले हाइड्रोजन बमको सफल परीक्षण गरिएको बताएको हो ।

कतारमा रहेका नेपालीले बाढी पीडितलाई सहयोग गरे - 2017-09-01

भरोसा अनलाईन - काठमाडौं,१६ भदौ २०७४ - कतारको अलफ्रेड टल्क कम्पनीमा कार्यरत नेपालीले बाढी पीडितलाई सहयोग गरेका छन् । कम्पनीमा कार्यरत नारायण खड्काको पहलमा २९ हजार रुपैयाँ संकलन गरेर पठाएका हुन् ।

साउदीमा घरेलु कामदार राख्न रोजगारदाताका लागि नयाँ व्यवस्था लागु - 2017-08-29

भरोसा अनलाईन - १३ भदौ २०७४ - साउदीमा घरेलु कामदार राख्न रोजगारदाताका लागि नयाँ व्यवस्था लागु गरिएको छ । साउदीको श्रम तथा सामाजिक विकास मन्त्रालयले नयाँ शर्त लागु गरेको हो । विवाहितले घरमा घरेलु कामदार राख्न कम्तिमा ३५ हजार रियाल ब्यालेन्स बैंकमा हुनुपर्ने छ ।

दक्षिण अफ्रिकाको गाउँमा टाउको बिनाको लास भेटिएपछि खैलाबैल मच्चिए - 2017-08-29

भरोसा अनलाईन - १३ भदौ २०७४ - दक्षिण अफ्रिकाको क्वाजुन्जु–नटाल प्रान्तको शायामोया गाउँमा टाउको बिनाको लास भेटिएपछि खैलाबैल मच्चियो । गएको जुलाईदेखि बेपत्ता भएका २५ वर्षका जोनेल लाशवेयो लास टाउको नभएको अवस्थामा भेटिएको हो ।

कश्मीरमा आत्मघाती आक्रमण हुँदा आठजना सुरक्षाकर्मीको मृत्यु - 2017-08-27

भरोसा अनलाईन - ११ भदौ २०७४ - भारत प्रशासित कश्मीरमा आत्मघाती आक्रमण हुँदा आठजना सुरक्षाकर्मीको ज्यान गएको छ । कश्मीरको पुलवामा जिल्लामा रहेको प्रहरी परिसरमा विद्रोही संगठनले आत्मघाती आक्रमण गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतमा यात्रुबाहक रेल दुर्घटना हुँदा ७४ जना घाइते भए - 2017-08-23

भरोसा अनलाईन - ७ भदौ २०७४ - उत्तर भारतीय राज्य उत्तर प्रदेशमा बुधबार भएको एक यात्रुबाहक रेल दुर्घटनामा ७४ व्यक्ति घाइते भएका छन । बुधबार बिहान सबेरै भएको यस दुर्घटना रेलमा रहेका १० वटा डिब्बा पटरीबाट अलगिएको अधिकारीहरुले जानकारी दिएका छन ।

जापानले सम्भावित परमाणु युद्धलाई मध्यनजर गर्दै त्यसबाट बच्न पूर्वतयारी थाले - 2017-08-21

भरोसा अनलाईन - ५ भदौ २०७४ - जापानले उत्तर कोरिया र अमेरिकाबिचको सम्भावित परमाणु युद्धलाई मध्यनजर गर्दै यसबाट बच्न पूर्वतयारी थालेको छ । जापानले परमाणु युद्धबाट कसरी बच्ने भन्ने विषयमा बालबालिकालाई तालिम दिएको छ ।

ह्वाइट हाउसका रणनीतिक सल्लाहकार टिमका प्रमुख स्टिभ बेनन बर्खास्त - 2017-08-19

भरोसा अनलाईन - ३ भदौ २०७४ - अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका रणनीतिक सल्लाहकार टिमका प्रमुख स्टिभ बेनन बर्खास्त भएका छन् ।ह्वाइट हाउस प्रेस सचिव सारा हकबी सान्डर्सले प्रमुख रणनीतिक सल्लाहकार बेनन शुक्रबार बर्खास्त भएको पुष्टि गर्नुभएको छ ।

1 2 3 4 NEXT

ताजा अपडेट

  • Stad Computer


  • Rije Jwelers


लोकप्रिय

अनलाईन

सम्पर्क
Ward # 4, Main Raod
Hetauda, Makwanpur.
Mobile: 9845670450
http://www.radiobharosa.com
Email: radiobharosa@gmail.com

हाम्रो टिम
Manita Rana
Manita Rana
Program Presenter/Reporter


Sandesh Thing
Sandesh Thing
Marketing Executive/Reporter


Sashant Tamang
Sashant Tamang
Maneging Director


Pramesh Pradhan
Pramesh Pradhan
Website Developer
9845028275
info@exnet.com.np
facebook.com/pramesh
Chandra Ghalan
Chandra Ghalan
Editor

love2chandra@gmail.com
facebook.com/chandra.ghalan
फेसवुक
Radio Bharosa © All Rights Reserved. 2018
Powered by:  
Top