सकारात्मक सोचको विकास र सही सूचनाकोलागी तपाईको भरोसा, रेडिया भरोसा
logo
Niraj Tents & Ladies Tailors

राष्ट्रिय समाचार

सप्तरीका दुई युवाले नेपालमै टर्की पालनबाट लाखौं आम्दनी गरे



  • राष्ट्रिय समाचार
  • पटक पढिएको
सप्तरी,१६ भदौ २०७५ - वैदेशिक रोजगारीमा युवा पलायन हुने क्रम बढिरहँदा सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्वर–१२ खोरिया टोलका दुई युवाले गाउँमै राम्रो आम्दानी गर्न थालेका छन् ।

सप्तरीका दुई युवाले नेपालमै टर्की पालनबाट लाखौं आम्दनी गरे

स्थानीय २३ वर्षीय शाहिद अली र उहाँका मामा २४ वर्षीय आशिक अलीले जिल्लामै पहिलो पटक युरोपीयन टर्की पालन गरेर नयाँ व्यवसाय थालेका हुन् । मामा आशिकको सल्लाह अनुसार शाहिदले गएको वैशाखमा काठमाडौंबाट २ सय टर्कीको चल्ला ल्याएर गाउँमा टर्की पालन सुरु गर्नुभयो । सुरुमा साढे तीनलाख रुपैयाँ खर्च गरेर खोर निर्माण गरी टर्की पाल्न थाल्नुभएका अलीको व्यवसाय अहिले फस्टाउँदै गएको छ । 

उहाँले अहिलेसम्म १ सय भन्दा बढी टर्की विक्रि गरिसक्नु भएको छ । अलीले सुरुमा एउटा चल्लालाई साढे पाँच सयमा किन्नुभएको हो । अहिले एउटा टर्की कम्तीमा ६ हजार रुपैयाँमा बिक्री भैरहेको छ । प्रति किलो एक हजार रुपैयाँमा बिक्री हुने भाले टर्की १० देखि १३ किलोसम्म हुने गर्छन् भने पोथी पाँचदेखि आठ किलोसम्मको हुने गर्छन् ।

जिल्लामै पहिलो पटक नौलो व्यवसायको शुरुवात गरेकोले टाढाटाढाबाट मान्छेहरु हेर्न आउने गरेको र टर्की किन्नसमेत आउन थालेको शाहिद अलीले बताउनुभयो । ‘टर्कीको मासु स्वादिलो हुनुका साथै कोलस्ट्रोल र फ्याट एकदमै कम हुनुका साथै तागतिलो हुने गरेका कारण मुटुरोग, मधुमेह, युरिक एसिडलगायत विरामीहरुका लागि समेत लाभदायक हुने कारण टर्कीको माग बढ्दै गएको छ’ अलीले भन्नुभयो ‘हामीकहाँ चल्ला किन्न समेत मान्छेहरु आउन थालेका छन् ।’

माग बढ्दै गएपछि अहिले चल्ला पाउन पनि मुश्किल छ । आशिक अलीले भन्नुभयो,  ‘आफ्नै फार्ममा रहेको टर्कीले अण्डा दिन थालेकोले चल्ला उत्पादन गरी यो व्यवसायलाई थप विस्तार गर्ने सोचमा छौँ ।’ उनीहरुको फार्मबाट इटहरी, विराटनगर, ओखलढुङ्गा, धरानलगायतका सहरहरुमा टर्की पठाउन थालिएको छ । तर पनि माग अनुसार टर्की पुर्याउन नसकिएको अलीले बताउनुभयो । 

उहाँले भन्नुभयो ‘यो व्यवसायबाट हामी अत्यन्तै उत्साहित छौं, यसलाई सप्तरी जिल्लामा ब्राण्डकै रुपमा स्थापित गर्ने संकल्पका साथ अगाडि बढीरहेका छौँ ।’ टर्कीलाई कुखुरालाई खुवाउने जस्तै दाना र हरियो घाँसको मुख्य आहारा चाहिन्छ । टर्कीको मासु खाने पारखीहरुको संख्या विस्तारै बढ्दै गएको छ 

टर्की पालनको योजना,

शाहिद स्नातक गरेर मोरङ्गको विराटनगरमा रहेको सरोचियाको माध्यमिक विद्यालयमा पढाउनुहुन्थ्यो । शिक्षण पेशामा रहेका शाहिदलाई आफ्नै मामा आशिकले बाहिर बस्नुभन्दा बरु आफ्नै गाउँमा टर्की पालन गरेर राम्रो आम्दानी कमाउन सकिने योजना सुनाउनुभयो । 

टर्की पालन गरेर राम्रो आम्दानी गर्न सकिने कुरा सुनाएपछि शाहिदले विराटनगरको जागिर छाडेर टर्की पालन शुरु गर्नुभयो । सुरुमा उनीहरु दुवैजनाले थुप्रै आलोचना खेप्नुपर्‍याे । जिल्लामै पहिलो पटक टर्की पालन व्यवसाय राम्रो बन्दै जान थालेपछि घरपरिवार, आफन्तजनका साथै समाजले पनि उनीहरुलाई विश्वास गर्न थाले । 

सभार: उज्यालो






सम्बन्धित शिर्षक समाचारहरु


सप्तरीका दुई युवाले नेपालमै टर्की पालनबाट लाखौं आम्दनी गरे - 2018-09-01

सप्तरी,१६ भदौ २०७५ - वैदेशिक रोजगारीमा युवा पलायन हुने क्रम बढिरहँदा सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्वर–१२ खोरिया टोलका दुई युवाले गाउँमै राम्रो आम्दानी गर्न थालेका छन् ।

असार महिनामा योजना सम्पन्न गर्ने कार्यलाई तुलसीपुर उपमहानगरपालिकाले रोक्ने तयारी - 2018-08-11

दाङ,२६ साउन २०७५ - तुलसीपुर उपमहानगरपालिकाले असार महिनामा योजना सम्पन्न गर्ने प्रवृत्ति अन्त्य गर्ने निर्णय गरेको छ ।

प्रहरीले चलाएको रबरको गोली लाग्दा एक विद्यार्थी घाइते - 2018-07-19

जुम्ला,३ साउन २०७५ - कर्णाली प्रतिष्ठानमा झडब हुँदा प्रहरीले चलाएको रबरको गोलीले लाग्दा एक जना विद्यार्थी घाइते भएको छ ।

जनजाति संघसंस्थाका प्रतिनिधि ५ दिने साँस्कृतिक अवलोकन भ्रमण गरेर फर्किए - 2018-06-22

हेटौंडा,८ असार २०७५ - मकवानपुरका आदिवासी जनजाति संघसंस्थाका प्रतिनिधि ५ दिने साँस्कृतिक अवलोकन भ्रमण गरि फर्किएका छन् ।

चर्को हवाई भाडा वृद्धि गरेको भन्दै हुुम्लावासी आन्दोलित - 2018-06-15

सिमकोट हुम्ला,१ असार २०७५ - गएको बैशाख २६ गते बाट लागु हुने गरि नेपाल सरकार ले दुर्गम क्षेत्रमा ५४ प्रतिशत हवाई भाडा वृद्धि गरेको भन्दै हुुम्लावासी आन्दोलित भएका छन् ।

वैदेशिक रोजगारलाई सुरक्षित बनाउन प्रहरीसँग अन्तरक्रिया - 2018-06-03

धादिङ,२० जेठ २०७५ - वैदेशिक रोजगारलाई सुरक्षित बनाउन धादिङमा प्रहरीसँग अन्तरक्रिया गरिएको छ ।

शैक्षिक प्रमाणपत्र राखेर ऋण दिने सरकारको घोषणा - 2018-05-29

काठमाडौं,१५ जेठ २०७५ - अब सरकारले विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने भएको छ ।

दाङ तर्फ आउँदै गरेको यात्रुवाहक बसमा बम प्रहार - 2018-05-05

दाङ,२२ बैशाख २०७५ - काठमाडौंबाट दाङको तुलसीपुर आउँदै गरेको यात्रुवाहक बसमा बम प्रहार गरिएको छ ।

गुल्मीमा एक युवकको पहिरोमा परी मृत्यु - 2018-05-01

गुल्मी,१८ बैशाख २०७५ - गुल्मीमा एक युवकको पहिरोमा परी मृत्यु भएको छ । मृत्यु हुनेमा मालिका गाउँपालिका–२,

क्यान्सर पीडित विकलाई उपचारको लागि दुई लाख रुपैयाँ सहयोग - 2018-04-24

म्याग्दी,११ बैशाख २०७५ - म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानाका क्यान्सर पीडित सोमबहादुर विकको उपचारको लागि दुई लाख रुपैयाँ भन्दा बढी सहयोग जुटेको छ ।

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 NEXT

ताजा अपडेट

  • Stad Computer


  • Rije Jwelers


लोकप्रिय

अनलाईन

सम्पर्क
Ward # 4, Main Raod
Hetauda, Makwanpur.
Mobile: 9845670450
http://www.radiobharosa.com
Email: radiobharosa@gmail.com

हाम्रो टिम
Manita Rana
Manita Rana
Program Presenter/Reporter


Sandesh Thing
Sandesh Thing
Marketing Executive/Reporter


Sashant Tamang
Sashant Tamang
Maneging Director


Pramesh Pradhan
Pramesh Pradhan
Website Developer
9845028275
info@exnet.com.np
facebook.com/pramesh
Chandra Ghalan
Chandra Ghalan
Editor

love2chandra@gmail.com
facebook.com/chandra.ghalan
फेसवुक
Radio Bharosa © All Rights Reserved. 2018
Powered by:  
Top