सकारात्मक सोचको विकास र सही सूचनाकोलागी तपाईको भरोसा, रेडिया भरोसा
logo
Niraj Tents & Ladies Tailors

मनोरञ्जन

यसपालीको दशैं फिल्म हलमै बित्ने भए : दिपकराज



  • मनोरञ्जन
  • पटक पढिएको
भरोसा अनलाईन - काठमाडौं,१२ अशोज २०७४ - यसपाली कलाकार दिपकराज गिरीको दशैं फिल्म हलमै बित्ने भएको छ । दशैंको छेकोमै आफ्नो चलचित्र ‘छक्कापञ्जा-२’ प्रदर्शनमा आउने भएकाले दिपकराजको दशैं हलको कोलाहलमै बित्नेछ ।‘यो हाम्रो बाली स्याहार्ने मौसम हो,’ दिपकराज भन्छन् ।

यसपालीको दशैं फिल्म हलमै बित्ने भए : दिपकराज

नामुद जुवाडे

दीपकराज ‘भेज’ भएको ६ वर्ष भयो । ६ वर्षयता उनको घरमा काटमार बन्द छ । दशैंमा मासु ल्याएर पकाउने चलन चाहीँ छ । दशैंमा उनको भान्सा छुट्टै हुन्छ । ‘दशैंको बेलामा मेरो चुल्हो बेग्लै हुन्छ । म मासु बनाएको ठाउँमा खान्नँ,’ उनी भन्छन्, ‘जुवा तासमा पटक्कै रुचि छैन ।’‘मंसिरमा किसानहरु बाली जम्मा गर्न लाग्छन् । हामी पनि असोजमै चलचित्र प्रदर्शन गरेर आफ्नो बाली स्याहार्न ब्यस्त हुनेछौं’

अहिले साधुको जस्तो व्यवहार गर्ने दिपकराज कुनैबेला नामुद जुवाडे थिए । हजुरबाको पैसा चोरेर जुवा खेल्न हिँडेपछि पैसा नसकिउन्जेल उनी घर फर्किँदैनथे । एकपटक पाँच हजार चोरेर भागेका उनी एघार दिनपछि घर आए । ‘पैसा सकिएपछि घर आउँथे । हजुरबाले लौराले हान्नुहुन्थ्यो । हजुरबाको लौरो खाँदा-खाँदा ज्यान दरिलो भैसकेको थियो । पिट्दा पनि ज्यान दुख्दैन थियो,’  दिपकराज सम्झन्छन् ।

लङ्गुर बुर्जा, तास र कौडामा उनको गहिरो रुचि थियो । घटस्थापनादेखि नै सुरु हुन्थ्यो, उनको जुवाको खाल । जुवाकै लागि उनले आमाको थैली, बाको सन्दुर र हजुरबाको बाक्सा धेरैपटक फुटाए । अहिलेसम्म कतिपैसा चोरे होलान् ?

‘मैले चोरेको भन्दा हजुरबाको ताल्चामा धेरै पैसा खर्च भयो,’ उनी भन्छन् । नातीले पैसा नचोरोस् भनेर हजुरबा निकै बलियो ताल्चा किनेर ल्याउँथे बजारबाट । दिपकराज ताल्चा फोर्न कति सिपालु भैसकेका थिए भने जस्तोसुकै ताल्चा फुटाइदिन्थे ।

टीकाकै दिन उनी मामाघर जान्थे । मामाघर जानुको उद्देश्य टीका लगाएर आशिर्वाद लिनुभन्दा पनि पैसा जम्मा गर्नुहुन्थ्यो । टीका थाप्न बसेपछि उनको आँखा पैसामै पुग्थ्यो । धेरै पटक हजुरबाले हप्काउँदै भनेका छन्, ‘ओए कता हेर्दैछस् । यता हेरेस् ।’ हजुरबाको पैसा चोरेर जुवा खेल्न हिँडेपछि पैसा नसकिउन्जेल उनी घर फर्किँदैनथे । एकपटक पाँच हजार चोरेर भागेका उनी एघार दिनपछि मात्र घर आए

टीका लाएर पाएको दक्षिणा उनको हातमा केही घण्टा मात्रै बस्थ्यो । टीका ओभाउन नपाउँदै पुगिहाल्थे लंगुर बुर्जाको खालमा । जब गोजीको पैसा सकिन्थ्यो । अनि मौका हेर्थे हजुर बा कहिले यताउती लाग्लान् र बाक्सा फोरम्ला भनेर ।

पिङ हराएको पीर

घरमाथीको पीपलको रुखमा गज्जबको डोरी पिङ हाल्ने चलन थियो । घरमा पनि बाले पिङ हालिदिन्थे । उनको घरमा पिङ बनाउन छाडेको ३० वर्ष भयो । ‘अहँ अहिलेका केटाकेटीलाई पिङ चाहिँदै चाहिँदैन’, उनी भन्छन् । पछिल्लो पुस्ताले पिङमा मच्चिन छाडेकै कारण पिङ सँस्कृति हराएको दिपकराजको ठम्याइ छ । ‘मान्छेले आफ्नौ हैसियत बिर्से,’ उनी भन्छन् ।







सम्बन्धित शिर्षक समाचारहरु


यसपालीको दशैं फिल्म हलमै बित्ने भए : दिपकराज - 2017-09-28

भरोसा अनलाईन - काठमाडौं,१२ अशोज २०७४ - यसपाली कलाकार दिपकराज गिरीको दशैं फिल्म हलमै बित्ने भएको छ । दशैंको छेकोमै आफ्नो चलचित्र ‘छक्कापञ्जा-२’ प्रदर्शनमा आउने भएकाले दिपकराजको दशैं हलको कोलाहलमै बित्नेछ ।‘यो हाम्रो बाली स्याहार्ने मौसम हो,’ दिपकराज भन्छन् ।

नेपाल आइडलमा पहिलो हुन सफल बुध्द लामा, भिडियो सहित - 2017-09-23

भरोसा अनलाईन - ७ अशोज २०७४ - ‘जहिले पनि गीत नै गाइरहने भएकाले त गाली गर्थेँ, पछि गायनमै लाग्ने रहेछ भनेर संगीत सिक्नका लागि पठाएँ’, बुद्ध लामाका बुवा सन्तबहादुर लामा भन्नुहुन्छ ।

विराटनगर घुम्न जानेलाई उपयोगी हुने ट्राभल भिडियो हेर्नुस् - 2017-09-14

भरोसा अनलाईन - काठमाडौं,२९ भदौ २०७४ - विराटनगर घुम्न जानेलाई उपयोगी हुने ट्राभल भिडियो निर्माण भएको छ । नेपालको औद्योगिक नगरी विराटनगर महानगरपालिकाका घुम्नैपर्ने १० वटा पर्यटकीय ठाउँको दृश्य समेटिएको भिडियो सामाग्री इष्ट नेपाल टुर नामक युट्युब च्यानलले सार्वजनिक गरेको छ ।

कलाकारितामा जम्दै हेटौडाका बिसम - 2017-09-09

भरोसा अनलाईन - हेटौंडा,२४ भदौ २०७४ - डेढ बर्ष अगाडी रोजगारिका सिलसिलामा अस्ट्रेलिया पुगेका गीतकार तथा मोडल बिषम गौतमले तमाम फुच्ची युबतीहरुको नाममा एउटा म्युजिक भिडियाे तयार परेका छन् |

छक्का पञ्जा २ को ट्रेलर युट्युबमा सार्वजनिक (भिडियोसहित) - 2017-09-07

भरोसा अनलाईन - काठमाडौं,२२ भदौ २०७४ - चलचित्र छक्का पञ्जा २ को ट्रेलर युट्युबमा सार्वजनिक भएको एक दिनमै ४ लाख ६० हजार भन्दा बढी पटक हेरिएको छ । ट्रेलर सार्वजनिक भएको २४ घण्टामै युट्युब ट्रेन्डिङको नम्बर १ मा पर्न सफल भएको छ ।

नेपाल आइडलका आयोजकले दिए चेतावनी - 2017-08-29

भरोसा अनलाईन - काठमाडौं,१३ भदौ २०७४ - पछिल्लो समय नेपाली टेलिभजन रियालिटी शो ‘नेपाल आइडल’ निकै नै लोकप्रिय हुँदै गएको छ । अन्तराष्ट्रिय स्तरको पहिलो टेलिभिजन रियालिटी शो भएकोले पनि यसको लोकप्रियता बढेको हो । स्टेजदेखि वाद्यवादकको समूहबाट दर्शक प्रभावित छन् ।

आमिर खानले भने बलिउडमा तीन जना खानको मात्रै चर्चा हुनु अरु प्रतिभाशाली कलाकारमाथि अन्याय हुने - 2017-08-22

भरोसा अनलाईन - ६ भदौ २०७४ - अभिनेता तथा निर्माता आमिर खानले बलिउडमा तीन जना खानको मात्रै चर्चा हुनु अरु प्रतिभाशाली कलाकारमाथि अन्याय हुने बताएका छन् । उनले बलिउडमा अन्य प्रतिभाशाली कलाकारको योगदान पनि उत्तिकै महत्वपूर्ण रहेको बताएका छन् ।

सर्वाधिक कमाई गर्ने अभिनेत्रीमा चिनिए एमा स्टोन - 2017-08-22

भरोसा अनलाईन - ६ भदौ २०७४ - ६ ओस्कार अवार्ड विजेता एमा स्टोन सर्वाधिक कमाई गर्ने अभिनेत्री बनेकी छिन् । फोर्ब्स पत्रिकाले सार्वजनिक गरेको सूचीमा पहिलो नम्बरमा एमा पर्न सफल भएकी हुन् ।

नायिका इशा गुप्ताको टपलेस फोटो सार्वजनिक - 2017-08-11

भरोसा अनलाईन - २७ साउन २०७४ - केही दिन अघि मात्रै बिकनी फोटो सार्वजनिक गरेर चर्चामा आएकी नायिका इशा गुप्ताको टपलेस फोटो सार्वजनिक भएको छ । इशाले सामाजिक सञ्जाल मार्फत आफ्नो टपलेस फोटो सार्वजनिक गरेकी छिन् ।

शाहरुख खानले आफ्नो कान्छा छोरा अबरामलाई बोकेर दौडिरहे - 2017-08-02

भरोसा अनलाईन - १८ साउन २०७४ - बलिउड सुपरस्टार शाहरुख खानले आफ्नो कान्छा छोरा अबरामलाई बोकेर जहाँसुकै हिँडिरहेको देखिन्छ । यी बाबुछोरालाई देख्नासाथै मिडियाले घेरिहाल्छन् ।

1 2 3 4 NEXT

ताजा अपडेट

  • Stad Computer


  • Rije Jwelers


लोकप्रिय

अनलाईन

सम्पर्क
Ward # 4, Main Raod
Hetauda, Makwanpur.
Mobile: 9845670450
http://www.radiobharosa.com
Email: radiobharosa@gmail.com

हाम्रो टिम
Manita Rana
Manita Rana
Program Presenter/Reporter


Sandesh Thing
Sandesh Thing
Marketing Executive/Reporter


Sashant Tamang
Sashant Tamang
Maneging Director


Pramesh Pradhan
Pramesh Pradhan
Website Developer
9845028275
info@exnet.com.np
facebook.com/pramesh
Chandra Ghalan
Chandra Ghalan
Editor

love2chandra@gmail.com
facebook.com/chandra.ghalan
फेसवुक
Radio Bharosa © All Rights Reserved. 2018
Powered by:  
Top